एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनको तयारीबारे छलफल हुने

श्रावण १, २०८२

रासस

The UML secretariat meeting will discuss the preparations for the legislative convention

काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । कार्यालय सचिव भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिए।

पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ । 

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आज बस्ने एमाले सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव अधिकारीले बताए।

यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

रासस

Link copied successfully