एमालेमा वरिष्ठ उपाध्यक्ष नराख्ने, उपाध्यक्ष घटाउने प्रस्ताव

अहिले एमालेको वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् ।

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

A proposal to not have a senior vice-president in UML, to reduce the vice-president

What you should know

काठमाडौँ — एमालेले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव अघि सारेको छ । बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव अघि सारेका हुन् ।

पौडेललाई विधान मस्यौदा समिति तयारीको जिम्मा दिइएको छ । एमालेले भदौमा विधान अधिवेशन गर्ने जनाएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको हो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।

A proposal to not have a senior vice-president in UML, to reduce the vice-presidentउपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव सचिवालयमा बैठकमा पुगेको छ । अहिले रहेको तीन उपमहासचिवको संख्या घटाएर एकमा झारिने प्रस्ताव गरिएको बैठकमा सहभागी एक पदाधिकारीले भने । त्यस्तै सचिव संख्या ७ बाट झारेर ५ बनाइने प्रस्ताव अघि सारिएको छ ।

अहिले एमालेमा १९ पदाधिकारी रहेका छन् । अहिलेको प्रस्ताव पारित भए एमालेमा जम्मा ११ जना मात्र पदाधिकारी हुनेछन् । शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तावबारे थप छलफल हुनेछ ।

कान्तिपुर

Link copied successfully