नाबालिकाको डिम्ब संकलन हामीले गरेका छैनौं : एञ्जल फर्टिलिटी क्लिनिक

असार ३२, २०८२

कान्तिपुर संवाददाता

We do not collect eggs from minors: Angel Fertility Clinic

काठमाडौँ — एञ्जल फर्टिलिटी क्लिनिकले १८ वर्ष मुनिका नाबालिकाको डिम्ब संकलन विषयमा आफ्नो क्लिनिक र कर्मचारीलाई जोडेर प्रकाशित भएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।

क्लिनिकले अन्य फर्टिलिटी क्लिनिकमा नेपाल प्रहरीले गरेको अनुसन्धानमा आफूहरुलाई पनि जोडेर भ्रामक र आधारहीन समाचारहरु प्रकाशित भएको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको हो ।  

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिले नाबालिकाको डिम्ब संकलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन चिकित्सकसहित पाँच जना अनुसन्धान गरिरहेको छ । एञ्जल फर्टिलिटी क्लिनिकले यो घटनाको विषयको समाचारमा आफ्नो कर्मचारीहरुलाई समेत आरोप लगाइएको विषय पूर्णरूपमा अस्वीकार गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न छैनौं । उमेर नपुगेका महिलालाई डिम्ब संकलन गरिएको भन्ने आरोप अत्यन्तै गम्भीर, तर पूर्णत झूटा र तथ्यविहीन छ ।’ 

नेपालमा डिम्ब र शुक्रकिट संकलनसम्बन्धी कानुन नै नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन शाखा प्रमुख उपसचिव गोपीकृष्ण रेग्मी बताउँछन् । 

कान्तिपुर

Link copied successfully