मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी घुससहित अख्तियारको नियन्त्रणमा

राउतको साथबाट २४ लाख ५० हजार रकम बरामद

असार ३१, २०८२

कान्तिपुर संवाददाता

The head of Malport office Bhaktapur and office assistant under the control of authority with bribe

भक्तपुर — भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको छ । राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ । 

मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।    

उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully