स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकका व्यक्ति संलग्न रहेको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Home Minister's directive to investigate the involvement of persons other than the government delegation in the visit to Spain

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकका व्यक्तिहरू गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन्।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्। 

'प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,' मन्त्री लेखकले भने, 'जानका लागि भिजिट भिषाको प्रबन्ध कसले गर्‍यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।'

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ। 'यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिनेछ,' उनले भने। प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully