कञ्चनपुरमा रहेका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

असार ३०, २०८२

भवानी भट्ट

Administration instructions to demolish all encampments in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा छाउपडी गोठमा सुतेका बेला एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउपडी गोठ भत्काउने अभियान सुरु गर्न निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाका नौ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । 

शुक्रबार छाउपडी गोठमा सुतेकी २८ वर्षीया कमला आउजी दमाईको सर्पले डसेपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।

छाउपडी गोठ भत्काएर परम्पारगत कुप्रथा अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने भएकाले आवश्यक निर्णय गरी अभियान सञ्चान गर्न प्रमुख जिल्ला अधिकारी ढकालले सबै स्थानीय तहलाई निर्देशन दिएका हुन् । 

आइतबार कृष्णपुर नगरपालिकाले पनि सबै वडा कार्यालयलाई छाउपडी गोठ भत्काउन निर्देशन दिएको थियो । १५ दिनभित्र छाउपडी गोठ नभत्काए कानुनी कारबाहीसँगै १० हजार जरिवानासमेत गरिने चेतावनी दिएको थियो । 

Administration instructions to demolish all encampments in Kanchanpur

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully