'विद्या भण्डारीले वामपन्थी एकताको महसुस गरेर राजनीतिमा फर्किएको भए सकारात्मक'

असार २८, २०८२

कान्तिपुर संवाददाता

'It would be positive if Vidya Bhandari returned to politics after realizing the unity of the left.'

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी एकता आजको आवश्यकता भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै उनले एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको धारणा व्यक्त गरे । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको उनको भनाइ थियो ।

'अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ नेता खनालले भने ।

कान्तिपुर

Link copied successfully