काठमाडौँ — नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता गर्ने सहमति भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफलपछि पार्टी एकता गर्ने सहमति भएको हो।
नेपाल र गौतमले संयुक्तरुपमा हस्ताक्षर गर्दै जारी वक्तव्यमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध भएर अघि बढ्ने सहमति भएको उल्लेख छ।
उक्त वक्तव्यमा उल्लेख भएअनुसार २०८२ साउन २ गते एकताको घोषणा गर्ने कार्यक्रम तय भएको छ।
