राष्ट्रिय सभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

असार २७, २०८२

कान्तिपुर संवाददाता

A proposal of urgent public importance regarding senior citizens was presented in the National Assembly

काठमाडौँ — राष्ट्रिय सभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव प्रस्तुत गरिएको हो।

प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन्। ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उनले जोड दिइन्।

वि.सं. २०८२ जेठ ३१ गते दर्ता भएको उक्त प्रस्ताव आज प्रस्तुत गरिएको जानकारी दिइयो।

प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसंख्या घट्दै गएको र ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको अवस्थामा देशका लागि योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गरिन्।

कान्तिपुर संवाददाता

Link copied successfully