न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : प्रधानन्यायाधीश राउत

असार २६, २०८२

कान्तिपुर संवाददाता

Interference with judicial independence is not acceptable: Chief Justice Raut

काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रतामा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले कुनै पनि हस्तक्षेपबाट स्वयं प्रधानन्यायाधीश पनि टाढा बस्नुपर्ने बताएका हुन् । 

 'न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो । त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ । त्यो दर्शनबाट प्रधानन्यायाधीश धेरै टाढा रहँदैन,' प्रधानन्यायाधीश राउतले भने ।

उनले न्यायाधीशका काम कारबाही, निर्णय र भूमिका ठीक ठाउँमा प्रयोग हुनुपर्ने बताएका हुन् । 'अहिलेको समयमा निष्ठा भएको मान्छे खोज्न थाल्यो भने मुस्किल छ । मैले हजारौं मुद्दा फैसला गरेँ अथवा हाम्रो अदालतबाट भएका हजारौं फैसलामध्ये एउटा मुद्दा तलमाथि भयो भने दिइहाल्छन् अरु ९९९ वटा मुद्दाको कुनै सरोकार नै छैन । त्यसका बाबजुद पनि मैले न्यायापालिकाको जिम्मा लिन्छु भनेको छु । लिन्छु पनि,' उनले भने ।  

कान्तिपुर

Link copied successfully