केरुङमा यसरी हुँदैछ बाढीपीडितको उद्धार [तस्बिरहरू]

असार २५, २०८२

कान्तिपुर संवाददाता

This is how flood victims are being rescued in Kerung [Photos]

काठमाडौँ — मंगलबारको तिब्बत हुँदै आएको भोटेकोशीको बाढीले नेपाल-चीन जोड्ने रसुवागढी नाका(केरुङ) को मितेरी पुल बगाएको छ । त्यस्तै नेपालतर्फ सुख्खा बन्दरगाहमा क्षति पुग्नुका साथै दर्जनौँ गाडी बगाएको छ ।

त्यस्तै ६ चिनियाँसहित १९ जना सम्पर्कविहीन रहेका छन् । रसुवापट्टि बिजुली, सडक र टेलिफोन सेवा अवरुद्ध छ । 

This is how flood victims are being rescued in Kerung [Photos]चिनियाँ समाचार स‌ंस्थाका अनुसार नेपाली नागरिकसहित ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । व्यवसायी र नेपाली कामदार ९० जना, ४६ जना स्थानीय, ६१ जना निर्माण मजदुर र २ जना पर्यटकसहितको उद्धार गरिएको हो । 

This is how flood victims are being rescued in Kerung [Photos]सिचाङ प्रान्तका अधिकारीहरूले उद्धार र राहत कार्यलाई तीव्रता दिएको  सिन्ह्वाले जनाएको छ । बाढीमा परी ११ जना चिनियाँ नागरिक बेपत्ता भएको सिन्ह्वाको समाचारमा उल्लेख छ । 

This is how flood victims are being rescued in Kerung [Photos]उद्धारकर्मीहरूले केरुङ क्षेत्रमा आपत्कालीन मोबाइल टेलिकम प्रणाली जडान गरी सञ्चार सेवालाई निरन्तरता दिएका छन् ।

This is how flood victims are being rescued in Kerung [Photos]तस्बिरहरू : सिन्ह्वा

कान्तिपुर संवाददाता

Link copied successfully