विशेष अदालतले पायो आईएसओबाट गुणस्तर प्रमाणपत्र

असार २५, २०८२

कान्तिपुर संवाददाता

The special court got the quality certificate from ISO

काठमाडौँ — विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)बाट गुणस्तर प्रमाणपत्र पाएको छ । न्याय प्रणालीमा जवाफदेहता, दीगोपन तथा मुद्दा फैसला/न्यायिक निरुपणमा गरेको सफलता स्वरुप विशेष अदालतले बुधबार आईएसओ प्रमाणपत्र पाएको हो ।

यो प्रमाणपत्रको अवधि आउँदो तीन वर्षसम्म कायम रहने छ । त्यसपछि पनि न्यायिक निरुपण र सुधारमा काम गर्न सके यसले निरन्तरता पाउने छ । 

बुधबार नेपाल गुणस्तर तथा नापतौल विभागले अदालतलाई यो प्रमाणपत्र दिएको हो । उक्त प्रमाणपत्र पाएसँगै न्यायिक सुधार र दीगोपनाका साथ काम गर्न भएका प्रयास सफल भएको विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले बताए । साथै कुँवरले यसले जनतामा न्यायिक निरुपणमा भएका प्रयासप्रति विश्वास पनि बढाउने बताए । 

पछिल्ला वर्ष अदालतमा दायर मुद्दाको फैसलादर अध्यक्षमा कुँवर आएपछि बढेको छ ।

The special court got the quality certificate from ISO

कान्तिपुर

Link copied successfully