जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव

असार २५, २०८२

कान्तिपुर संवाददाता

Suggestion to exchange information on glaciers at risk

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मंगलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन् । 

उनीहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा सांसद राजेन्द्र बजगाईँले मङ्गलबार रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग माग गरे । उनले यस्ता विपद्को समाधानका लागि कूटनीतिक रूपमा पहल गर्नुपर्ने सुझाए । 

सांसद माधवप्रसाद सापकोटाले रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको शीघ्र खोजी र उद्धारका लागि माग गरे । उनले चिनियाँ पक्षले उक्त घटनाका बारेमा जानकारी गराए पनि सजगता नपनाइएको उल्लेख गर्दै सीमा क्षेत्रमा जोखिममा रहेका हिमतालका सम्बन्धमा चिनियाँ सरकारसँग वार्ता गरी सूचना आदानप्रदान गर्ने उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए । 

कान्तिपुर

Link copied successfully