लोमन्थाङको चुङजुङमा बाढी

असार २४, २०८२

कान्तिपुर संवाददाता

Flooding in Chungjung, Lomanthang

काठमाडौँ — लोमन्थाङको चुङजुङ गाउँमा करिब एक घन्टादेखि बाढी आइरहेको छ । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले खोलामा अकस्मात बाढी आएको र दुई तीनवटा पुल बगाएको सूचना पाएको बताए ।

उनका अनुसार यो खोला लोमन्थाङ हुँदै कालीगण्डकीमा मिसिन्छ । उनले कालीगण्डकी वरपर पनि सतर्क रहनुपर्ने अवस्था देखिएको बताए ।

चुङजुङ खोला वडा नम्बर ४, १ र २ हुँदै अघि बढेको उनले बताए । कान्तिपुरसित टेलिफोनमा उनले भने, 'अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण आएको छैन ।'

कान्तिपुर संवाददाता

Link copied successfully