काठमाडौँ — नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलित बनेका चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक-फरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै उनीहरु आन्दोलन उत्रिएका हुन् ।
सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलमा लगेर प्रमाणपत्रसमेत बुझाउने बताएका छन् । ![Stopping all services except for emergencies, doctors at the funeral home [Photos]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc3728-0872025095454-1000x0.jpg)
गत चैतमा उपभोक्ता अदालत गठन भएयता उपभोक्ता हकहितसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५ मुद्दा स्वास्थ्योपचारसँग सम्बन्धित छन् । मेडिकल काउन्सिलले उपचारसम्बन्धी विवाद निरूपण गर्ने भएकाले उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्ने माग नेपाल चिकित्सक संघको छ । ![Stopping all services except for emergencies, doctors at the funeral home [Photos]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc3720-0872025095334-1000x0.jpg)
![Stopping all services except for emergencies, doctors at the funeral home [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc36851-0872025095408-1000x0.jpg&w=1001&h=0)