‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’माथि छलफल

असार २३, २०८२

रासस

Discussion on 'National Forensic Science Laboratory Bill'

काठमाडौँ — राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१’ माथि छलफल भएको छ । 

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रयोगशाला सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रयोगशालालाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। उनले प्रयोगशालामा गरिएको परीक्षणको नतिजा भनसुन नलाग्ने किसिमको बनाउनुपर्नेमा जोड दिए।

मन्त्री पन्तले प्रयोगशालालाई कानुनी रुपमा बलियो बनाएर लैजानुपर्ने बताए। समिति सभापति तुलसाकुमारी दाहालले विधेयकलाई यही महिनाभित्र परिमार्जन गरी पारित गर्ने जानकारी दिए।

प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले अपराध बढिरहेकाले प्रयोगशालाबाट छिटोछरितो परीक्षण गर्ने व्यवस्था गर्न कानुन बलियो बनाउनुपर्ने धारणा राखे।

समिति सदस्य सुरेश आले मगर, डा वेदुराम भुसाल, भगवती न्यौपानेलगायतले प्रयोगशालालाई विश्वसनीय र अनुसन्धानमूलक बनाउनुपर्ने बताए।

रासस

Link copied successfully