‘कुलिङ अफ पिरियड’ माथि छलछाम : छानबिन गर्ने विशेष समितिका सदस्यहरूको नाम टुंगियो

असार २३, २०८२

कान्तिपुर संवाददाता

Cheating on 'cooling off period': The names of the members of the special committee to investigate have been finalized

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरूको नाम टुंगो लागेको छ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २/२ तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहेका छन्।

समिति सदस्यमहरूमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने छन् ।

सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि दलहरूले आ–आफ्नो पार्टीबाट सदस्यहरूको नामावली दिएका थिए। ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको हो । छानबिन समितिलाई २१ दिनको समय दिइएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समिति बन्न लागेको हो । नियम १८० मा विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ । 

कान्तिपुर

Link copied successfully