प्रचलित कानुनले कोही दोषी छ भने कांग्रेस भएको कारणले उन्मुक्ति पाउनुहुँदैन : महामन्त्री थापा

असार २३, २०८२

कान्तिपुर संवाददाता

According to existing laws, if someone is guilty, they should not be exempted because they are Congress: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचलित कानुनले कोही पनि व्यक्ति दोषी छ भने कांग्रेस भएकै कारणले उन्मुक्ति पाउनु नहुने बताएका छन्।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले कांग्रेसले विधिको शासन र कानुनमा विश्वास गर्ने परम्परा रहेको बताए।

'हामी कानूनको शासनमा विश्वास गर्छौं। त्यसकारण कोही आफ्नो कर्मले दोषी छ भने उसले उन्मुक्ति पाउनु हुँदैन। कोही पनि निर्दोष फस्नुहुँदैन। यदि कोही दोषी छ र ऊ कांग्रेस हो भने त्यो जस्तोसुकै अपराधमा होस्, कानुनले दोषी ठहर्‍याउँछ भने कांग्रेस भएकै कारण कसैले पनि उन्मुक्ति पाउनुहुँदैन।'

उनले कांग्रेस भएकै कारण कसैलाई दोषी करार गर्न खोजिन्छ भने त्यसको प्रतिरक्षा पार्टीले गर्ने बताए।

कान्तिपुर

Link copied successfully