अरु देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छः मन्त्री पाण्डे

असार २२, २०८२

कान्तिपुर संवाददाता

Tribhuvan Airport is narrower than other countries, passengers arrive faster, luggage arrives late: Minister Pandey

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । 

विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् । 

उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए । 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको उनले जानकारी दिए । 

छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ ।’

मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दूतावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully