करिब छ हजार वडामा सकियो एमालेको अधिवेशन

असार २२, २०८२

रासस

The UML convention has ended in about six thousand wards

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।

उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए। उनका अनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । यसैगरी एमालेका करिब छ हजार वडाका अधिवेशन सकिएका छन् ।

आयोगका अध्यक्ष सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको जानकारी दिए। 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ । पार्टीका २३ जनसङ्गठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छन् । 

रासस

Link copied successfully