काठमाडौँ — साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा, बीपी राजमार्गमा थप एक महिना रातिको समयमा यातायात सञ्चालनमा रोक, प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसंघीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता, तातोपानी नाका हुँदै भित्रियो चिनियाँ हेलिकोप्टरदेखि तालिबान सरकारलाई औपचारिक मान्यता दिने पहिलो देश बन्यो रुससम्मका खबर आज चर्चामा रहे ।
0000
आगामी आर्थिक वर्ष २०८२र०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
0000
बीपी राजमार्गमा रातिको समयमा थप एक महिना यातायात सञ्चालनमा रोक लगाइएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णय अनुसार, साँझ ६स्३० देखि बिहान ५ बजेसम्म थप एक महिनासम्म बीपी राजमार्गमा यात्रुबहाक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ जानकारी दिए ।
0000
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई शुक्रबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।
0000
जिल्लाबाट चीन जोड्ने तातोपानी नाका अब हेलिकोप्टर आयातको प्रवेशद्वारसमेत बनेको छ । पहिलोपटक चीनबाट ल्याइएको हेलिकोप्टर यही नाकाबाट बिहीबार नेपालको सीमाक्षेत्रको बजार प्रवेश गरेको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनको सहरबाट ४० फिटे टेलरमा राखेर हेलिकोप्टर तातोपानीसम्म ल्याइएको हो ।
0000
रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुप पहिलो मुलुकसमेत बनेको छ । अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई रुसको कदमलाई 'साहसिक' निर्णयको संज्ञा दिएका छन् । बिहीबार मात्र काबुलमा विदेशमन्त्री मुत्ताकीले रुसका राजदूत दिमित्री जिरनोभसँग भेटवार्ता गरेका थिए ।
