विनयी खोलामाथि बनेको नयाँ पुलमा भोलिदेखि यातायात सञ्चालन हुने

असार १८, २०८२

नारायण शर्मा

Traffic will be operated on the new bridge built over the Vinayi River from tomorrow

नवलपरासी — दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुलमार्फत बिहीबारदेखि यातायात सञ्चालन हुने भएको छ।

नारायणगढ-बुटवल सडक योजना पूर्वीखण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नयाँ पुलको भारवहन क्षमता बलियो देखिएकाले बिहीबार बिहान ११ बजेदेखि महेन्द्रराजमार्ग हुँदै सबै सवारी साधन ओहोरदोहोर गराइनेछ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो। त्यसपछि गत जेठ २४ गते पक्की पुलको अन्तिम भाग ढलान गरिएको थियो। पुलले आवश्यक लोड धान्न सक्ने भएपछि बिहीबारदेखि निरन्तर रूपमा यातायात सञ्चालन हुने भएको हो।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully