सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणा

असार १८, २०८२

रासस

Former President Bhandari's announcement that he will not take any service facility except security

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा  नलिने घोषणा गरेकी छन्।

उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन्।

रासस

Link copied successfully