निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन हुनु संसद्प्रति अपमान हो : नेता डा. कोइराला

असार १७, २०८२

कान्तिपुर संवाददाता

Unauthorized changes to the Civil Bill is an insult to Parliament: Leader Dr. Koirala

काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिले संसद्मा पारित भइसकेको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको गम्भीर अपमान भएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. कोइरालाले यो कुनै सामान्य विषय नभई देश, जनता र सार्वभौम संसद्प्रति गरिएको घोर अपराध रहेको टिप्पणी गरेका छन्। यस प्रकरणमा संलग्नहरूमाथि तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाउनुपर्ने माग उनले गरेका छन्।

नेता कोइरालाले परिवर्तन गरिएको व्यवस्था आजै हटाएर विधेयकलाई पुरानै अवस्थामा फर्काउनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, ‘कुलिङ पिरियड’ नदिई यो विधेयकका आधारमा कुनै पनि अगाडि बढ्ने कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ छ।

कान्तिपुर

Link copied successfully