मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

असार १७, २०८२

कान्तिपुर संवाददाता

One month of monsoon: 674 incidents, 31 dead, 112 injured

काठमाडौँ — गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ। समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन्। पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ।

त्यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रभावित भएका छन्। चारवटा घरमा क्षति भएको छ।

चट्याङका ८२ घटनामा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन्। हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन्।

विपद्का घटनाबाट रु २६ करोड बराबरको आर्थिक क्षति भएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully