मन्त्री पाण्डेको दाबी : नेपाल एयरलाइन्सलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँछौँ

असार १७, २०८२

कान्तिपुर संवाददाता

Minister Pandey's claim: We will make Nepal Airlines more professional and competitive

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन् । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले ऐतिहासिक र पुरातात्विक महत्त्वका मस्जिदहरूको मर्मत तथा संरक्षणका लागि समेत बजेट विनियोजन गरिएको बताएका हुन् ।

'नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रुपान्तरण गर्न व्यवस्थापन सुधार, विमानहरूको संख्या थपलगायतका कार्यहरूमा प्राथमिकता दिई कार्य अगाडि बढाइएको बेहोरा जानकारी गराउन चाहन्छु । पर्यटन प्रवर्द्धनका कार्य नेपाल पर्यटन, बोर्ड, मन्त्रालय, निजी क्षेत्र कूटनीतिक नियोग तथा नेपालीहरूको डायस्पोरामार्फत भइरहेको जानकारी गराउन चाहन्छु,' उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully