काठमाडौंमा निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु

असार १६, २०८२

कान्तिपुर संवाददाता

Two workers died after falling from the fourth floor of a house under construction in Kathmandu

काठमाडौँ — काठमाडौंको दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीका करिब ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरमा सोमबार बेलुका करिब ५ बजे उक्त घटना भएको हो ।

चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएर खस्दा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालले ५:१० बजेको समयमा दुवैलाई मृत घोषणा गरेको हो ।

कान्तिपुर

Link copied successfully