सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

असार १६, २०८२

कान्तिपुर संवाददाता

The hearing of the recommended judge and judicial council member in the Supreme Court is over

काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाको संसदीय सुनुवाइ सकिएको छ । एकजना न्याय परिषद् सदस्यको पनि सुनुवाइ सकिएको छ । तर, संसदीय सुनुवाइ समितिले सुनुवाइ सकिए लगत्तै अनुमोदन वा अस्वीकारको निर्णय भने नगर्ने भएको छ । 

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस शान्तिसिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको सुनुवाइ गरेको थियो । 

सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ आइतबार नै सकिएको थियो । 

सुनुवाइ सकिए पनि अनुमोदन वा अस्वीकारको निर्णय भने सोमबार नहुने सांसदहरूले बताएका छन् । समिति सदस्य रहेका एमाले, कांग्रेस र रास्वपाका सांसदहरूका अनुसार समितिमा सैद्धान्तिक छलफल भइरहेकाले सोमबारको बैठक निर्णयमा पुग्नसक्ने अवस्था छैन । 

सामान्यतः सुनुवाइ सकिएपछि संसदीय सुनुवाइ समितिले निर्णय दिने गर्छ । यसपटक भने सुनुवाइ सकिएपछि सैद्धान्तिक छलफल सुरु भएको सांसदहरूले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully