नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालय अगाडि प्रदर्शन

असार १६, २०८२

कान्तिपुर संवाददाता

Demonstration in front of the Congress office demanding a convention of the United Nations

काठमाडौँ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नेविसंघ नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले 'म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ' जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन्।

उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।

Demonstration in front of the Congress office demanding a convention of the United Nations

सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी माँसेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधार बिना म्यादथप किन गर्ने भन्दै प्रश्न गरेका छन्। 

कान्तिपुर

Link copied successfully