तेहरानको जेलमा इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु

असार १६, २०८२

एजेन्सी

71 killed in Israeli attack on Tehran prison

तेहरान — गत साता इरानको राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ । 

जुन २३ मा भएको आक्रमणका पीडितहरूमा जेल कर्मचारी, भर्ती गरिएकाहरू, जेलमा थुनिएका कैदीहरू, भेट्न आएका परिवारका सदस्यहरू र नजिकैका भवनहरूका बासिन्दाहरू समावेश रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरलाई उद्धृत गर्दै मिजान समाचार एजेन्सीले जनाएको छ ।

जहाँगीरले जेलमा गरिएको आतंकवादी र क्रूर आक्रमणबाट इजरायलले फेरि एक पटक अन्तर्राष्ट्रिय कानूनप्रति आफ्नो प्रतिवद्धताको कमी प्रमाणित गरेको बताए । 

जुन १३ मा, इजरायलले आणविक र सैन्य स्थलहरूसहित इरानका विभिन्न क्षेत्रहरूमा ठूला हवाई आक्रमणहरू सुरु गरेको थियो । १२ दिनको लडाईंपछि इरान र इजरायल बीच युद्धविराम भएको छ ।

एजेन्सी

Link copied successfully