भ्रष्टाचार मुद्दामा निलम्बित सांसद बस्नेत अदालत हाजिर

असार १५, २०८२

कान्तिपुर संवाददाता

Suspended MP Basnet appears in court in corruption case

काठमाडौँ — भ्रष्टाचार मुद्दामा निलम्बित कांग्रेस सांसद मोहनबहादुर बस्नेत बयानका लागि विशेष अदालतमा हाजिर भएका छन् ।

हाल उनको बयान चलिरहेको छ भने आजै थुनछेक बहसको तयारी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा उनमाथि भ्रष्टाचार मुद्दा लागेको छ । प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा बस्नेत र पूर्व कानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा दायर भएलगत्तै बस्नेत सांसद पदबाट निलम्बित भइसकेका छन् । 

सम्बन्धित : टेरामक्स प्रकरण : कांग्रेस सांसद बस्नेत र पूर्व कानून सचिव ज्ञवालीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कान्तिपुर

Link copied successfully