शीतल निवासमा राष्ट्रपतिको धान रोपाइँ [तस्बिरहरू]

असार १५, २०८२

कान्तिपुर संवाददाता

President Planting Paddy at Sheetal Niwas [Photos]

काठमाडौँ — राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । 

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेल पनि सहभागी भइन् ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र  नभएर व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।

President Planting Paddy at Sheetal Niwas [Photos]

कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भका रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

President Planting Paddy at Sheetal Niwas [Photos]

President Planting Paddy at Sheetal Niwas [Photos]

President Planting Paddy at Sheetal Niwas [Photos]

कान्तिपुर

Link copied successfully