'साँखुमा बस दुर्घटना' भन्दै सुर्खेतको पुरानो भिडियो भाइरल

असार १५, २०८२

कान्तिपुर संवाददाता

An old video of Surkhet saying 'Bus accident in Sankhu' went viral

काठमाडौँ — विद्यार्थी बोकेको बस साँखुमा दुर्घटना भएको भन्दै आइतबार पुरानो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । फेसबुकमा विभिन्न नामका पेजबाट पुरानो भिडियो पोस्ट गरिएका छन् ।

नगरकोट पिकनिक गएर फर्किने क्रममा साँखुमा बस दुर्घटना र तीन विद्यार्थीको मृत्यु भन्दै फेसबुका भिडियो पोस्ट भएको हो ।

An old video of Surkhet saying 'Bus accident in Sankhu' went viralगत माघमा सुर्खेतमा भएको बस दुर्घटना ।  

तर आइतबार साँखुमा कुनै पनि बस दुर्घटना नभएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । 'साँखुमा कुनै पनि दुर्घटना भएको छैन । पुरानो भिडियो पोस्ट गरेर फेक न्युज फैलाएछन् । हामीलाई नि सबैतिरबाट फोन गरेर सोध्नु भएको छ । हैरानै बनाइसके,' प्रहरी निरीक्षक थापाले भने । 

आइतबार पोस्ट गरिएको भिडियो भने २०८१ माघ २७ गतेको हो । त्यतिबेला सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटना भएको थियो ।  भे १ ख ४३३१ नम्बरको बस बबईभन्दा १ किलोमिटरअघि सुर्खेतपट्टि दुर्घटना भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully