विद्या भण्डारीको घोषणा : 'राजनीतिमा थकाइ हुँदैन, देश र जनताको सेवा गर्न एमालेमै फर्किएकी हुँ'

असार १४, २०८२

कान्तिपुर संवाददाता

Bidya Bhandari's announcement: 'There is no fatigue in politics, I have returned to UML to serve the country and the people'

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरै रहेकाले त्यसलाई पूरा गर्न पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।

शनिबार काठमाडौँमा आयोजित ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले भनिन्, 'राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।'

पूर्वराष्ट्रपति भण्डारीले फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भइसकेपछि नेकपा (एमाले)मै रही पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको बताइन्। 'अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु, र यसमा म गर्व गर्दछु,' उनले भनिन्।

कान्तिपुर

Link copied successfully