सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्री

असार १३, २०८२

कान्तिपुर संवाददाता

Simkot will be connected to the national road network in a few days: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ‘हुम्ला अब टाढा छैन’ भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका छन्।

'हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

कान्तिपुर

Link copied successfully