पूर्वप्रधानमन्त्री माधव नेपाल धरौटीमा रिहा

असार ११, २०८२

कान्तिपुर संवाददाता, तस्बिर : हेमन्त श्रेष्ठ

Former Prime Minister Madhav Nepal released on bail

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धरौटी बुझाएर रिहा भएका छन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल बुधबार राति रिहा भएका हुन् ।    

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार थुनछेक बहस भएको थियो । 

पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।Former Prime Minister Madhav Nepal released on bail

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

कान्तिपुर

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully