पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकियो

असार ११, २०८२

कान्तिपुर संवाददाता

Arguments against former Prime Minister Madhav Kumar Nepal ended in custody in the special court

काठमाडौँ — पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सकिएको छ । नेपालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । केहीबेरमा थुनछेक आदेश आउने विशेष अदालत स्रोतले जनाएको छ । 

नेपालसँग बयान आजै बयान लिइएको थियो । 

२०६६-०६७ ताक प्रधानमन्त्री रहेका बखत पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुटमा उद्योग खोल्न दिइएको जग्गा गैर कानुनी रूपमा बिक्री गर्न अनुमति दिएको अभियोगमा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंह सहित ९३ विरुद्ध अख्तियारले भ्रष्टाचार दायर गरेको थियो ।

कान्तिपुर

Link copied successfully