भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता देखिएको रास्वपाको आरोप, छानबिन समिति अस्वीकार

असार १०, २०८२

कान्तिपुर संवाददाता

RSVP's allegation that the Home Minister was indirectly involved in the visit visa case, the investigation committee rejected

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको अध्ययन र छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।

 उपसभापति वाग्लेले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफैँ अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र भएको टिप्पणी गरेका छन्। उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत परोक्ष सहभागिता रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको उल्लेख गरेका छन्। समितिका पदाधिकारीहरूको पुनरावलोकन नभए आफ्नो पार्टीको आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन्।

उनले भने, 'उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ। वैरागीजीप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन। म उहाँलाई राम्रोसँग चिन्छु। तर उहाँ दश वर्षदेखि अस्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नुभयो। तीन वर्ष मुख्यसचिव बन्नुभयो। र उहाँको रहस्यमयी ढंगले मुख्यसचिवबाट बहिर्गमन भयो। त्यहीबीचमा अर्बौँका टेलिकम घोटालाहरू भएका छन्। त्यसैले शंकरदास वैरागी अहिलेका निगाहाप्राप्त नेताहरूको ‘गुडबुक्स’मा रहनुपर्ने र स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ।'

रास्वपासँगै राप्रपाले समेत गृहमन्त्रीकै प्रस्तावमा गठन गरिएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरेको छ।

उनले अगाडि भने, 'उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ। त्यस्ता व्यक्तिले कसको छानबिन गर्ने? यहाँ गृहमन्त्री स्वयं सन्देहको घेरामा हुनुहुन्छ। हाम्रो पार्टीले के निर्णय गर्‍यो भने गृहमन्त्रीको पनि भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकेको छ, प्रत्यक्ष संरक्षणसमेत देखिसकेको छ। अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो— ‘मेरै प्रस्तावमा यो कमिटी गठन गरिएको हो’। त्यस कारण यो गलत हो। हामी नयाँ हौँ, बेवकुफ होइनौँ भनेको त्यसैले हो।'

कान्तिपुर

Link copied successfully