दाउन्नेमा जाम हुन नदिन ६० किलोमिटर पर गैंडाकोटमा रोकिए ट्रक

असार ९, २०८२

नारायण शर्मा

The truck stopped at Gandakot after 60 km to avoid traffic jam

नवलपरासी — एक सातादेखि अवरुद्ध दाउन्ने सडक खण्डमा गाडीको चाप बढ्न नदिन सोमबार प्रहरीले ६० किलोमिटर पर गैंडाकोटमा मालबाहक ट्रकहरु रोकिदिएको छ ।

प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेमा गाडीको चाप नहोस भनेर दाउन्ने देखि ६० किलोमिटर पूर्व गैंडाकोट र हर्कपुरमा ट्रक रोकिदिएको जानकारी दिए । नारायणगढबाट बुटवलतर्फ जाने ट्रक गैंडाकोट क्षेत्रमा रोकिएका छन् । बुटवलबाट नारायणगढ आउने सबै ट्रक बर्दघाटमा रोकिएका छन् । 

सडक आयोजना पूर्वी खण्डकी प्रमुख अनुच्छा घिमिरेले दाउन्नेमा ५ सय टिपर ग्राभेल राखेर यातायात सुचारु गराउनका लागि दाउन्नेमा लामा गाडी र ट्रक जान नदिएको जानकारी दिइन् । घिमिरेले दाउन्नेमा सोमबार बिहानसम्म ५० टिपर ग्राइभेल राखेको जानकारी दिइन् । 

दुम्कीवासदेखि पश्चिम दाउन्नेको कान्तिपुर होटलसम्मको करिब ७ किलोमिटर दाउन्ने सडकमा ५ सय टिप्पर ग्राइभेल राख्ने काम सुरु भएको छ । अब तिनदिन भित्र दाउन्ने सडक खण्ड सुचारु हुने अनुमान गरिएको घिमिरेले जानकारी दिएन् ।

The truck stopped at Gandakot after 60 km to avoid traffic jam

गत पुस २६ गते दुम्कीवासस्थित बिनयी खोलाको फलामे पुल भाँच्चिएपछि त्यही पुलको उत्तर तर्फबाट डाइभर्सन निर्माण गरेर आउजाउ गराइँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबारसम्म यो डाइभर्सन ९ पटक बगाउँदा ५७ लाख खर्च भैसकेको छ ।

असार ३१ गतेबाट नयाँ पुल सञ्चालन 

दुम्कीवासमा निर्माण गरिएको नयाँ पक्की पुलमा असार ३१ गतेबाट सञ्चालन हुने भएको छ । सडक आयोजना पूर्वी खण्डकी प्रमुख अनुच्छा घिमिरेले चिनियाँ ठेकेदारले असार ३१ गते नवनिर्मित पुलबाट गाडी चलाउन मिल्ने भनेर आफूलाई पत्राचार गरेको जानकारी दिइन् । त्यो पुलबाट सवारी सञ्चालन नहुँदासम्म डाइभर्सनकै भर पर्नुपर्ने उनको भनाइ छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully