वन्यजन्तु प्रभावितलाई १ करोड ३३ लाख रुपैयाँ राहत वितरण

असार ८, २०८२

नारायण शर्मा

Relief distribution of 1 crore 33 lakh rupees to the affected wildlife

नवलपरासी — चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावित परिवारलाई एक करोड ३३ लाख रुपैयाँ राहत दिएको छ । निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका ४१२ वटा घटनाका पीडितलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापाले गत साउनदेखि चैतसम्म वन्यजन्तुले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई आक्रमण गरेपछि राहतस्वरूप रकम पीडितलाई बुझाइएको जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ९ जनाको परिवारलाई ९० लाख, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार, २४५ वटा खाद्यान्न बाली क्षति घटनातर्फ १४ लाख १७ हजार राहत रकम हस्तान्तरण गरिएको थापाले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ । मृत्यु भएमा उसको परिवारजनलाई १० लाख दिने व्यवस्था छ । बाली नष्ट भएमा पनि क्षतिपूर्ति दिने व्यवस्था छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully