काठमाडौँ — बजेटमार्फत सरकारले ल्याएको बजेटमार्फत ल्याएको 'टेक एन्ड पे' को प्रवधान फिर्ता लिन सत्तारुढ कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रबाट जति विद्युत् खरिद गर्छ त्यसको मात्रै पैसा तिर्ने 'टेक एन्ड पे' को प्रावधान फिर्ता लिन आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद कार्कीले कम अवधिमा कसरी छिमेकी देशले तीव्र रूपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्नेबारेमा अध्ययन गर्न जरुरी रहेको बताए ।
मुलुकमा जलस्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको कार्कीको भनाइ थियो । ऊर्जा क्षेत्रको प्रबर्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने उनको भनाइ थियो ।कार्कीले अर्थमन्त्रीलाई 'टेक एन्ड पे'को व्यवस्था बजेटबाट फिर्ता गर्नका लागि आग्रह गरेका थिए ।
