सहकारी प्राधिकरणको अध्यक्षका लागि ६ र सदस्यमा ४ जना पहिलो चरणमा छानिए

असार ८, २०८२

कान्तिपुर संवाददाता

6 members and 4 members were selected for the chairman of the cooperative authority in the first round

काठमाडौँ — बचत तथा ऋण सहकारीको नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षका लागि प्राप्त आवेदनमध्येबाट पहिलो चरणमा ६ जना छनोट भएका छन् । पहिलो चरणमा सबै छानिएका हुन् ।

पहिलो चरणमा छनोट हुने अध्यक्षका प्रत्यासीमा अनिलराज पौडेल, अर्जुनप्रसाद पोखरेल, खगराज शर्मा, नारायणप्रसाद पौडेल उपाध्याय, परितोष पौडेल र हरिकुमार नेपाल छन् ।

उनीहरुलाई आउँदो बुधबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि डाकिएको छ । पहिलो चरणमा छनोट भएकामध्येबाट सिफारिस समितिले तीनजनाको नाम पठाउने र तीमध्येबाट एक जनालाई मन्त्रिपरिषद्‌ले अध्यक्ष छनोट गर्नेछ । सहकारी ऐनले कल्पना गरेको सहकारी प्राधिकरणमा एक जना कार्यकारी अध्यक्ष रहने व्यवस्था छ ।

यस्तै, सदस्यका लागि सुरुमा पाँच जनाको आवेदन परेकामा पहिलो चरणमा ४ जना छानिएका छन् । जसमा खगराज शर्मा, नारायणप्रसाद पौडेल उपाध्याय, रमेशप्रसाद चौलागाई र सहदेव बस्नेत रहेका छन् । उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि असार १२ मा डाकिएको छ । उल्लिखित चारमध्येबाट तीनजना सिफारिस गरिनेछ । सिफारिसमध्येबाट एक जनालाई सरकारले सदस्य नियुक्त गर्नेछ ।

सरकारकी ऐनमा बचत तथा ऋण सहकारी नियमनका लागि राष्ट्रिय सहकारी प्राधिकरण गठन गर्ने र प्राधिकरणको अध्यक्ष, विज्ञ सदस्य र एकजना चार्टर्ड एकाउन्टेन्टको व्यवस्था छ । जसमा अध्यक्ष र विज्ञ सदस्यको कार्यकारी तथा चार्टर्ड एकाउन्टेन्ट आंशिक भूमिकामा रहन्छन् । प्राधिकरणको बाँकी सञ्चालकहरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव पदेन सदस्य रहने व्यवस्था छ । 

कान्तिपुर

Link copied successfully