सांसद श्रेष्ठको प्रश्न : जनताको आवाज सदनमा नसुनिए कहाँ सुनाउने?

असार ७, २०८२

कान्तिपुर संवाददाता

MP Shrestha's question: If the voice of the people is not heard in the House, where will it be heard?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकी छन् ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताइन्।

उनले सरकारले संसदीय छानबिन समिति र उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गरिन्। 'जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने?उनले प्रश्न गरिन्, 'सरकार निर्बलको लागि हो कि शक्तिशालीहरूको लागि?'

उनले भनिन्, ‘हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिएका छौँ। तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति र उच्चस्तरीय छानबिन आयोग बनाउने भनेर कतै पनि जनताको आवाजको सुनुवाई गरेको छैन। जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन। जनताको आवाज यहाँ बोलिन्छ, यहाँ सुनुवाई हुन्छ। सरकार कसको लागि हो? निर्बल, दुर्बलको लागि कि शक्तिशालीहरूको लागि? कहिलेसम्म हाम्रा युवाहरू देश छोडेर बाहिरिने? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन? त्यसमा नीतिगत सुधार गर्नुपर्दैन?’

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया र खाडी मुलुकमा नेपालीहरू जाने गरेको बताइन्।

कान्तिपुर संवाददाता

Link copied successfully