म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : अध्यक्ष केसी

असार ७, २०८२

कान्तिपुर संवाददाता

I am not against federalism but federalism is not possible in Nepal: President KC

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन्। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए । अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताए।

प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइएको उनको जिकिर छ। राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताए। आफू संघीय प्रणालीको विरोधी नभई संघीयता नेपालमा सम्भव नरहेको स्पष्ट पारेका छन्।

उनले भने, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनन्। म त्यो दुवै संविधान सभामा थिएँ। केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो ? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता छ ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो। अहिले ठूलो सङ्ख्या छ नेपालमा जनताको कि चित्रबहादुरलाई अरू कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन्। प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन्। मैले भन्न मन लागेर भनेको होइन। कुनै पनि प्रणाली राष्ट्रको हितमा हुन्छ। मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयता विरोधी हो रे। म किन संघीयता विरोधी हुन्छु ? नेपालमा संघीयता सम्भव छैन। यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए।

कान्तिपुर

Link copied successfully