ढुण्डीराज लोकतन्त्रमा जनता अधिकारसम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल

असार ६, २०८२

कान्तिपुर संवाददाता

A leader who believes that people should be empowered in Dhundiraj democracy: President Paudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले ढुण्डीराज लोकतन्त्रप्रति अटुट आस्था भएका र लोकतन्त्रमा साँच्चै जनता अधिकारसम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् ।

२०१० सालमा भारतको वाराणसीमा अध्ययनरत रहँदादेखि ढुण्डीराज प्रजात्नत्रका पक्षमा लागेका थिए । पञ्चायतकालीन समयमा गुल्मी, पाल्पा र अर्घाखाँचीलगायतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउन उनले खेलेको भूमीका स्मरणीय रहेको राष्ट्रपतिले बताएका छन् ।

समवेदना संदेशमा राष्ट्रपतिले भनेका छन्, '२०१७ पुस १ को ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउँदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’

राष्ट्रपतिले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम  गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुंण्डीराजको भूमिका आफ्नो स्मृतिमा ताजै रहेको उल्लेख गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले राष्ट्रपतिले पठाएको समवेदना सन्देश शुक्रबार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर हस्तान्तरण गरे ।

कान्तिपुर

Link copied successfully