काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ललितपुरको ग्वार्को चोकमा बनेको 'ओभरपास' लाई 'नेपालकै पहिलो फ्लाइओभर' भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । शुक्रबार दिउँसो ओभरपास उद्घाटन कार्यक्रम तय गरिएको थियो ।
प्रधानमन्त्री ओलीबाटै रिबन काटेर ओभरपासको उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर प्रधानमन्त्री ओलीले ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी नवराज अधिकारीलाई रिबन काट्न लगाए ।
उनले फेसबुकमा लेखेका छन्, 'सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो ।'
