पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता 

असार ५, २०८२

कान्तिपुर संवाददाता

The High Court continued the short-term interim order issued against the journalist Pathak

काठमाडौँ — पत्रकार दिलभूषण पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले उक्त आदेश दिएको हो । 

उच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ,'सम्प्रेषित गरिएको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म पक्राउ नगर्नु/नगराउनु'  

सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशमा भनिएको थियो, 'पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।'

प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् । पत्रकार पाठकले आफ्नो कार्यक्रम 'टफ टक' मार्फत ' हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे 'हिल्टनमा जयवीर देउवाको पैसा!' शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

The High Court continued the short-term interim order issued against the journalist Pathak

The High Court continued the short-term interim order issued against the journalist Pathak

कान्तिपुर

Link copied successfully