शास्त्रीको शोकमा असार ५ गते कांग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द हुने

असार ४, २०८२

कान्तिपुर संवाददाता

Congress central, state and district offices will be closed on June 5 in mourning for Shastri

काठमाडौँ — कांग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालय असार ५ गतेका दिन बन्द रहने भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले असार ५ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णय सुनाउँदै महामन्त्री गगनकुमार थापाले असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको बताए । पूर्वउद्योगमन्त्री एवं कांग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमबार उपचारका क्रममा निधन भएको थियो ।

उनको निधनमा शोक मनाउँदै कांग्रेसले असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । दिवंगत शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । 

कान्तिपुर

Link copied successfully