मितेरी सहकारीको बचत अपचलनका आरोपित भण्डारीलाई कम्बोडियाबाट काठमाडौं ल्याइयो

असार ४, २०८२

कान्तिपुर संवाददाता

Bhandari, accused of misappropriating the savings of Miteri Cooperative, was brought to Kathmandu from Cambodia

काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा बुधबार राति काठमाडौं ल्याइएको छ । 

भण्डारीलाई सिंगापुर एअरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै काठमाडौं ल्याइएको हो । मितेरी सहकारीमा केही वर्षअघिसम्म कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् । ज्योति र अर्का आरोपित ज्योतिबहादुर भण्डारी रकम अपचलन गरेर फरार भएपछि दुवै जनालाई प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको थियो ।

उनीहरू फरार भएपछि मात्र उक्त सहकारीको बचत ठगी प्रकरण बाहिरिएको थियो । ज्योतिबहादुर सुरुमा थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । मितेरी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा खोलिएको सहकारी हो । बर्दिया घर भएका ज्योति समेतले सहकारीको रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । 

इन्टरपोलमार्फत प्रहरीले भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याएको हो । त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

Bhandari, accused of misappropriating the savings of Miteri Cooperative, was brought to Kathmandu from Cambodia

Bhandari, accused of misappropriating the savings of Miteri Cooperative, was brought to Kathmandu from Cambodia

कान्तिपुर संवाददाता

Link copied successfully