निलो रिबन भिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग

रास्वपा सांसदले भने, 'हामीलाई कुर्सी तोड्न आउँदैन', माइक भाँच्न आउँदैन' 

असार ३, २०८२

कान्तिपुर संवाददाता

Congress demands expulsion of RSVP MPs wearing blue ribbons

काठमाडौँ — कांग्रेसले रास्वपा सांसदहरू संसदीय मर्यादाविपरीत संसद्‍मा उपस्थित भएको भन्दै निष्कासन गर्न सभामुखसमक्ष माग गरेको छ । भिजिट भिसा प्रकरणको विरोधमा उभिएको रास्वपाका सांसदहरू मंगलबार निलो रिबन भिरेर संसद् बैठकमा उपस्थित भएका थिए ।

निलो रिबन भिरेरै नाराबाजी गरेपछि कांग्रेसले नियमापत्ति जनाउँदै रास्वपा सांसदहरूलाई निष्कासन गर्न सभामुखसमक्ष माग गरेको हो । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‍मा मर्यादित पोसाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले भिरेको रिबन मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरेका थिए । 

Congress demands expulsion of RSVP MPs wearing blue ribbons'भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु,' कांग्रेस सचेतक घिमिरेको भनाइ थियो । घिमिरेको नियमापत्तिपछि प्रतिउत्तरस्वरूप रास्वपा सांसदहरूले 'हामीलाई कुर्सी तोड्न आउँदैन', माइक भाँच्न आउँदैन' भन्दै नाराबाजी गरेका थिए । 

Congress demands expulsion of RSVP MPs wearing blue ribbonsभिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद् विरोध गर्दै आएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो रिबन लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

घिमिरेको भनाइ 

यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्‍मा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु ।

कान्तिपुर

Link copied successfully